देश/प्रदेश
मिश्र र प्रसाईंलगायतलाई म्याद थप गर्न अदालत लगिंदै
०

काठमाडौँ, वैशाख १४-
तीनकुने हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहितका व्यक्तिलाई म्याद थप गर्न अदालत लगिंदै छ ।
यसअघि पछिल्लोपटक १० वैशाखमा उनीहरुविरुद्ध तीन दिनको म्याद थप भएको थियो । उक्त म्याद सकिएकाले आज आइतबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।
यसअघि भने अदालतले मिश्र र प्रसाईंको स्वास्थ्यको विषयमा संवेदनशील हुन आदेश दिएको थियो ।