देश/प्रदेश

श्रीमानको किरिया बसेको ६ दिनमै श्रीमतीको पनि मृत्यु

Banner

रुपन्देही, वैशाख १३-

श्रीमानको मृत्यु भएर किरियामा बसेको ६ दिनमा श्रीमतीको पनि मृत्यु भएको छ । बैशाख ८ गते घरमै राखेको बन्दुकले आफैलाई हानेर आत्महत्या गरेका श्रीमानको किरिया बसेकी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मोतिपुरकी ६० वर्षीया भगवती शर्मा आचार्यको पनि मृत्यु भएको हो।

किरिया बसेकी भगवतीको आज शनिबार बिहान ९ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता सूर्य रानाले जानकारी दिए । श्रीमानको क्रिया बस्दा एक्कासी बिरामी भएकी भगवतीको राप्ती लाइफ केयर अस्पताल मोतिपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता रानाको भनाइ छ ।

यस्तै भगवतीका श्रीमान नारायण आचार्यको वैशाख ८ गते १२ बोर २ नाले बन्दुकले छातिमा गोली लागेर मृत्यु भएको थियो ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>