देश/प्रदेश

झलारीमा कभर्डहल निर्माण

Banner

कञ्चनपुर, वैशाखः, १३ –

शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रु दुई करोड ६६ लाख ४९ हजार पाँच सय ५४ को लागतमा कभर्डहल निर्माण गरिएको छ । कभर्ड हल निर्माणले खेलकुद क्षेत्रको विकासमा सहयोग पुगेको नगरप्रमुख रणबहादुर महराले बताउनुभयो ।

“नगर क्षेत्रमा स्तरीय कभर्ड हल नहुँदा खेलाडीलाई खेलकुदको अभ्यास गर्न समस्याथियो”, उहाँले भन्नुभयो, “नगरवासीको चाहनालाई मध्यनजगर गर्दै कभर्डहल निर्माण गरी सञ्चालनमा ल्याएका छौँ ।”

नगरपालिकाको पूर्वाधार विकास तथा व्यवस्थापन शाखाका प्रमुख दीपक धामीका अनुसार कभर्डहल एसएनएस जय लक्ष्मी जेभी नेपालगञ्जले ठेक्का प्रक्रियामार्फत निर्माण गरेको हो । विसं २०८० असार १९ गते ठेक्का सम्झौता भएको कभर्डहल निर्माण विसं २०८१ कात्तिक मसान्तमा सम्पन्न गर्नुपर्ने थियो ।

कभर्डलमा डबल ब्याडमिन्टन कोर्ट, भलिबल कोर्ट, एक सय ५० जना बस्न सकिने प्याराफिट, १२ वटा शौचालय तथा बाथरुम, ड्रेसिङ रुमलगायत छन् । भवनको क्षेत्रफल पाँच हजार चार सय ९४ दशमलव ९१ वर्गफिट रहेको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>