देश/प्रदेश

छोराछोरीसहित विष सेवनबाट गम्भीर घाइते आमाको पनि मृत्यु

Banner

धनुषा, वैशाख १२-

विष सेवनबाट गम्भीर भएकी महिलाको पनि मृत्यु भएको छ । उपचारको क्रममा आज (शुक्रबार) बिहान जनकपुरधामस्थित रामजानकी अस्पतालमा धनुषा सहीदनगर नगरपालिका ५ बासुदेवपट्टीकी ३० वर्षीया पविताकुमारी साहको मृत्यु भएको हो ।

गत सोमबार साँझ उनले आफ्नै घरमा तीन छोराछोरीसहित गहुँमा प्रयोग गरिने सल्फास नामको विषादी सेवन गरेकी थिइन्। सोही दिन उनको ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी मृत्यु भएको थियो।

विष सेवन गरेकी पविता गर्भवती थिइन्। शुक्रबार साँझदेखि उनको रामजानकी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। यस्तै पविताको शल्यक्रिया गरेर बच्चालाई जोगाइएको थियो। बच्चाको स्वास्थ्य अवस्था अहिले समान्य रहेको अस्पतालका सञ्चालक मिथलेश साहले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>