चितवन विशेष

पृथ्वी टोलमा पुनः जितबहादुरको नेतृत्व

०
Banner

भरतपुर,कात्तिक २८-

पृथ्वी टोल सुधार समितिको अध्यक्षमा पुनः जित बहादुर पछाई क्षेत्री चयन भएका छन् । आज भरतपुर १० स्थित मालिका मन्दिरमा सम्पन्न २३ औँ वार्षिक साधारण सभा तथा एघारौं अधिवेशनबाट पछाई पुनः अध्यक्षमा चयन भएका हुन्। टोलको उपाध्यक्षमा रामचन्द्र धिताल र उमा आचार्य , सचिवमा ईश्वरीप्रसाद ढकाल र कोषाध्यक्षमा मुरारीप्रसाद आचार्य , सहसचिवमा इन्दिरा लामिछाने र सह कोषाध्यक्षमा ओमबहादुर थापा चयन भएका छन् ।

यस्तै सदस्यहरुमा रामहरी भुसाल , उमानाथ लामिछाने , बुद्धि गुरुङ , राधा भण्डारी गौतम , गंगाधर न्यौपाने , रामप्रसाद पौडेल , राजकुमार अधिकारी , सरिता सापकोटा रहेका छन् । यसैगरी टोलको लेखा समिति संयोजकमा दिनेशराज रेग्मी चयन भएका छन् भने सदस्यहरूमा नेत्रनाथ लामिछाने र गंगाधर दवाडी चयन भएका छन ।

टोलको वार्षिक साधारण सभाको समुद्घाटन भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनालले गरे। समुद्घाटन कार्यक्रममा बोल्दै खनालले टोल सुधार समितिले गरेका कार्यहरू एवं गतिविधिहरू समाज रूपान्तरणका लागि कोसे ढुङ्गा साबित भएको भन्दै प्रशंसा व्यक्त गरे । उनले आगामी दिनमा टोललाई आफूले सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

साधारण सभामा अध्यक्ष जित बहादुर पछाईले प्रस्तुत गरेको प्रतिवेदनमा आफ्नो दुई वर्षको कार्यकालमा भएका गतिविधिहरू प्रस्तुत गरे । उनले टोलले गरेका नमुना कार्यहरूमा सरकारको एक रुपैयाँ लगानी नहुँदा समेत दुईवटा डिजिटल स्वागत गेट निर्माण , राज्यको बिना लगानीमा कपूर पार्क भित्र खुल्ला व्यायमशाला , चोकचोकमा २९ वटा प्रतिक्षालय कुर्ची , चोकचोकमा पिउनेपानीको व्यवस्था र जेञ्जि आन्दोलनमा क्षति भएको बसपार्कको प्रहरी बिटलाई सहयोग गरेको समेत जानकारी दिए ।

यसैगरी सचिव ईश्वरी प्रसाद ढकाल , कोषाध्यक्ष मुरारीप्रसाद आचार्य र लेखा संयोजक दिनेश राज रेग्मीले समेत प्रतिवेदन प्रस्तुत गरे । नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>