घटना -दुर्घटना

कश्मीरमा मारिएका सुदीप न्यौपानेको अन्त्येष्टि

Banner

काठमाडौं, वैशाख ११-

भारतको जम्मू–कश्मीरमा भएको आतंकवादी आक्रमणमा मारिएका बुटवलका सुदीप न्यौपानेको अन्त्येष्टि गरिएको छ । उनको आज (बिहीबार)त्रिवेणीमा अन्त्येष्टि गरिएको हो ।

आक्रमणमा मारिएका बुटवल–११, कालिकानगरका सुदीपको शव बिहीबार बिहानै गृहनगर ल्याइएको थियो । उनको शव श्रीनगरबाट दिल्ली हुँदै लखनऊ ल्याइएको थियो । लखनऊबाट सुनौली हुँदै बुटवल ल्याइएको हो ।

शवलाई केहीबेर निवासमा राखेपछि अन्त्येष्टिका लागि त्रिवेणीमा लगिएको थियो ।

सुदीप आमा, बहिनी र ज्वाइँसहित घुम्नका लागि कश्मीर गएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>