देश/प्रदेश
सुदिपको शव अन्त्येष्टिका लागि त्रिवेणी लगियो
०

रुपन्देही, वैशाख ११-
बुटवलका सुदिप न्यौपानेको शव अन्त्येष्टिका लागि त्रिवेणी लगिएको छ । मङ्गलवार छिमेकी मुलुक भारतको काश्मिरमा आतंकवादीको हमलामा ज्यान गुमाएका सुदिपको शव अन्त्येष्टिका लागि त्रिवेणी लगिएको हो । सुदिपको पार्थिव शरीर आज बिहान सुनौली नाका हुँदै बुटवल कालिकानगर घरमा ल्याइएको थियो ।
उनी आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि शनिवार काश्मिर गएका थिए । सुदिपका आमा, बहिनी र ज्वाइँ ज्यान जोखिम देखेर मुस्लिम भन्दै टाउको हल्लाएर बसे तर उनले अस्वीकार गरेर हिन्दु भएको बताएपछि ताकेर गोली हानेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























