चितवन विशेष

नेपाल निर्माण उद्योग परिषद् चितवनको अध्यक्षमा शंकर अधिकारी निर्वाचित

०
Banner

चितवन,कात्तिक २८-

नेपाल निर्माण उद्योग परिषद्, जिल्ला कमिटी चितवनको दोस्रो जिल्ला अधिवेशनले शंकर अधिकारीको अध्यक्षतामा १९ सदस्यीय नयाँ जिल्ला कमिटी गठन गरेको छ। आज सिजिआर होटलमा सम्पन्न अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। संगठनका जिल्ला अध्यक्ष केशवप्रसाद लामिछानेको अध्यक्षता तथा परिषद्का केन्द्रीय अध्यक्ष बलिभद्र रानाको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रकाशराज पौडेल, सचिवमा हरि आचार्य र कोषाध्यक्षमा विष्णुप्रसाद दाहाल चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा गोविन्द ढकाल, कृष्णप्रसाद अधिकारी, ईश्वरी कँडेल, नारायणप्रसाद ढकाल, इन्द्रा रेग्मी, सरोज बर्तौला र रमाकान्त कोइराला चयन भएका छन्।

विभिन्न पालिकाको संयोजकमा सञ्जय न्यौपाने (भरतपुर), पुष्पराज अधिकारी (राप्ती), सरिता पाण्डे (खैरहनी), किशोर रावल (रत्ननगर), सुनबहादुर विक (कालिका) र अशोक कार्की (माडी) चयन भएका छन्।

अधिवेशनले यादवप्रसाद पाठकलाई प्रमुख सल्लाहकार रहने गरी सल्लाहकार समिति समेत गठन गरेको छ। कार्यक्रममा परिषद्का केन्द्रीय सल्लाहकार रामराज पौडेल, केन्द्रीय सदस्यहरू दिनेशचन्द्र न्यौपाने, होमकुमार शर्मा, राजुकुमार सडौला, रोजिना भट्टराई, बागमती प्रदेश उपाध्यक्ष शिव ढकाल, सदस्य इन्द्र भण्डारीलगायतको उपस्थिति रहेको थियो।

यसैबीच अधिवेशनकै अवसरमा मौलाकालिका अस्पताल र परिषद्बीच परिषद्का सदस्य, उनीहरूका परिवार तथा कर्मचारी र कर्मचारीका परिवारलाई अस्पताल सेवामा छुट सुविधा उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।अधिवेशनले आगामी कार्ययोजना तथा रणनीतिसमेत तय गर्दै कार्यक्रम सम्पन्न गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>