देश/प्रदेश

सभामुख अर्याल र कांग्रेस सभापति थापाले वीरगञ्जमा छठ मनाउँने, सुरक्षा सतर्कता अपनाउन जिल्ला प्रशासनको अपिल

०
Banner

अनिल तिवारी,

वीरगञ्ज,कात्तिक २८-

लोकआस्थाको महापर्व छठ मनाउन देशका शीर्ष राजनीतिक नेताहरू तराई झर्ने क्रम बढेको छ । छठ पर्वको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने जनकपुर पुगेका छन् । यस्तै प्रतिनिधिसभाका सभामुख डोलप्रसाद ९डीपी० अर्याल र नेपाली कांग्रेसका सभापति गगन थापा वीरगञ्ज आउने भएका छन् ।

मधेशको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको छठ पर्वमा शीर्ष नेताहरूको सहभागिता हुने भएपछि यसपटक जनकपुर र वीरगञ्जमा राजनीतिक तथा धार्मिक चहलपहलसमेत बढ्ने देखिएको छ । निर्वाचन आयोगले स्थानिय चुनाव फागुनमा गर्ने त्यारी गरेसँगै राजनैतिक शगर्मी बढेसँगै नेताहरुको तराई भ्रमणले दुबै दलका कार्यकर्ताहरु माझ सक्रियता बढेको छ । जसले गर्दा वीरगन्ज स्थित ऐतिहासिक घडीअर्वा पोखरी छठघाटमा सभामुख अर्याल र कांग्रेस सभापति थापाको आगमनलाई चाँसोका साथ हेरिएको छ ।

रास्वपाका पर्सा जिल्ला सभापति एवम सासद हरि प्रसाद पन्तले शनिबार साझ सभामुख अर्याल वीरगञ्ज आउने बताउदै भने, ‘आइतवार बिहान स्थानीयसँग भेटघाट तथा छलफल,दिउसो उद्योग वाणिज्य संघसँग भेटघाट पछि विभिन्न छठघाट तथा महाआरती कार्यक्रममा सहभागी रहेको छ ।’

वीरगञ्जको घडिअर्वा पोखरी, नगवा पोखरी, इटियाही सानो टोल, बारा जिल्लाको विभिन्न छठघाटको अवलोकन पछि साझको मुर्ली महाआरती आरतीमा सहभागी हुने कार्यक्रम रहेको छ ।

वीरगञ्जको रानीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिने कार्यक्रममा सहभागी भई रौतहट, सर्लाही, महोत्तरी तथा सिन्धुली हुँदै काठमाडौं प्रस्थान गर्ने पन्तको भनाइ थियो ।

सभामुख अर्याल यसअघि गत वर्ष पनि छठ पर्वका अवसरमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत रोहिणी र ओमसतिया गाउँपालिकाका विभिन्न छठघाट पुगेका थिए । त्यस अवसरमा उनले छठीमाताको पूजा–आराधना गर्दै अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका थिए। साथै, स्थानीय श्रद्धालु भक्तजन तथा सर्वसाधारणसँग पर्वको खुसी साटासाट गरेका थिए ।

त्यसैगरी नेपाली कांग्रेसका सभापति गगन थापा पनि छठ पर्व मनाउन वीरगन्ज आउने भएका छन् । कांग्रेसका सहमहामन्त्री अजय चौरसियाका अनुसार सोमबार बिहान झिसमिसेमै पत्नीका साथ वीरगञ्ज महानगरपालिका–१० स्थित घडीअर्वा छठघाट पुगेर छठीमाई तथा सूर्य भगवानको पूजापाठ र दर्शन गर्ने कार्यक्रम तय भएको छ । पूजाआराधनापछि उनी काठमाडौं फर्किने जनाइएको छ ।

थापा यसअघि गत वर्षको छठ पर्वमा पनि वीरगञ्ज महानगरपालिका–१० स्थित घडीअर्वा छठघाट पुगेर पूजाआराधनामा सहभागी भएका थिए । यस वर्ष पनि उनी सोही छठघाटमा पुग्ने भएपछि स्थानीय कांग्रेस नेता–कार्यकर्ता तथा श्रद्धालु भक्तजनमा चाँसो बढेको छ ।

वीरगञ्जको घडीअर्वा पोखरी छठघाट धार्मिक आस्था र आकर्षक सजावटका कारण देशमै परिचित छ । छठ पर्वका अवसरमा यहाँ हजारौँको संख्यामा व्रतालु, श्रद्धालु तथा दर्शनार्थीको सहभागिता रहने गर्छ । यस वर्ष पनि छठघाटलाई आकर्षक रूपमा सजाएर पूजाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको आयोजकले जनाएका छन् ।

नेपालमै प्रसिद्ध रहेको वीरगञ्जको घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पुरा भएको छ । छठपूजा व्यवस्थापन समितिले शनिबार साँझ पत्रकार सम्मेलन गरि त्यारी पुराभएको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा समितिका कोषाध्यक्ष कन्हैयालाल गुप्ताले छठघाटको व्यवस्थापन र सजावटको सबै काम पुरा भएको जानकारी गराउदै व्यवस्थापनमा २७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए ।

उनले अनुसार टेण्टपण्डाल सजावटमा १२ लाख ५१हजार , भिडियो ग्राफीमा ६२ हजार खर्च हुने अनुमान गरिएको छ । यसै गरि पुरस्कार सामग्रीमा ७ लाख ५० हजार, सरसफाइमा १ लाख १ हजार रुपैया,सुरक्षा व्यवस्थापनमा ६० हजार रुपैयाँ खर्च हुने समितिको अनुमान रहेको छ ।

सुरक्षा उपसमतिका संयोजक मुन्ना साहका अनुसार नेपाल प्रहरी , सशस्त्र प्रहरी र म्यादी प्रहरी गरि १ सय र घडीअर्वा स्पोर्ट क्लबका ५५ जना स्वंयसेवक परिचालन गरिनेछ । यस्तै छठघाट परिसरभित्र २१ वटा र बाहिर १६ वटा गरी ३८ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ ।प्रशासनले सादा पोशाकमा पनि प्रहरी परिचालन गर्ने रणिति बनाएको छ ।

यस्तै छठघाटमै प्राथमिक उपचार सेवा केन्द्र स्थापना गरिनुका साथै एम्बुलेन्स र वारुणयन्त्र २४ सै घण्टाका लागि तयारी अवस्थामा राखिएको प्रचार प्रसार उपसमितिका संयोजक प्रणय साहले जानकारी गराए । यस छठघाटमा आइतबार साँझ र सोमबार बिहान गरी १ लाख ५० हजार बढी ब्रतालु र दर्शनार्थीहरु आउने अनुमान गरिएको पनि उनले बताए ।

छठ पर्वमा पटाका र मदिरा निषेध, सुरक्षा सतर्कता अपनाउन जिल्ला प्रशासनको अपिल

छठपर्वलाई मध्यनजर गर्दै जाँड रक्सि लगायत मदिराजन्य बस्तुको विक्रिवितरणमा रोक लगाएको छ । छठ पर्वलाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित रूपमा मनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लावासीमा विशेष अपिल गरेको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रशासनले छठ पर्वका अवसरमा पटाका, आतसबाजी तथा अन्य विस्फोटक पदार्थको ओसारपसार, बिक्रीवितरण र प्रयोग नगर्न आग्रह गरेको छ । यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

त्यसैगरी छठघाट तथा पोखरीमा पूजा गर्ने क्रममा बालबालिका, ज्येष्ठ नागरिक र सर्वसाधारणलाई हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ । सम्भावित विपद् तथा दुर्घटनाबाट जोगिन आवश्यक सुरक्षा व्यवस्था मिलाउनसमेत आग्रह गरिएको छ ।

प्रशासनले छठ पूजा व्यवस्थापन समितिहरूलाई घाट परिसरमा मदिरालगायत सम्पूर्ण मादक पदार्थको बिक्रीवितरण तथा सेवन पूर्ण रूपमा बन्द गराउन निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन, सुरक्षा निकाय, छठ पूजा व्यवस्थापन समिति तथा सर्वसाधारणबीच आवश्यक समन्वय र सहकार्य गरी पर्वलाई सभ्य, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न आग्रह गरेको छ ।

साथै, सम्पूर्ण जिल्लावासीलाई आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकता कायम राख्दै हर्षोल्लासका साथ छठ पर्व मनाउन प्रशासनले हार्दिक अपिल गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>