देश/प्रदेश
शनिबार वीरगञ्जमा चुनरी यात्रा
०

वीरगञ्ज (पर्सा),असोज २३ –
नवरात्रका अवसरमा विश्व हिन्दू परिषद्ले आगामी आइतबार चुनरी यात्रा आयोजना गर्ने भएको छ । शक्तिस्वरूपा देवीका आकर्षक झाँकीसहित आयोजना हुने यात्राको सम्पूर्ण तयारी प्रायः पूरा भएको छ ।
हिन्दू पत्रकार सङ्घका अध्यक्ष राजन रौनियारका अनुसार घटस्थापनाका दिन अपराह्न माईस्थान मन्दिर प्राङ्गणबाट यात्रा प्रारम्भ हुने र त्यसमा १० हजार स्थानीय महिला तथा भक्तजन सहभागी हुनेछन् । विभिन्न सामाजिक सङ्घसंस्था पनि यात्रामा सहभागी हुने जनाइएको छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























