देश/प्रदेश

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही

०
Banner

काठमाडौं ,असोज २३-

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६८२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी चलाउने ६३, सिसिटिभिमार्फत १९, रातोबत्तीमा ३५ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ३८, हर्न निषेधमा १२, लेन क्रसमा ६, अवस्था ठिक नभएको १४, एकतर्फीमा ७ र अन्यमा ४८८ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>