देश/प्रदेश

स्कुल बसको ठक्करबाट दाङमा दुई वर्षीय बालकको मृत्यु

०
Banner

दाङ, असोज २१ —

तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ ।

बुधबार बिहान करिब १० बजे गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लक्ष्य एकेडेमीको लु.प्र.०२–००१ क ०००४ नम्बरको बसले पैदलयात्री बालकलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा सल्यानको शारदा नगरपालिका–२ खलङ्गा घर भई हाल तुलसीपुर–५ रानीजरुवामा बस्दै आएका पप्पु नेपालीका छोरा आयन नेपाली घाइते भएका थिए ।

घाइते बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>