देश/प्रदेश
लत्रिएको बिजुलीको तारबाट करेन्ट लागेर गुल्मीमा भण्डारीको मृत्यु
०

गुल्मी,असोज २१-
स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु भएको छ ।
स्थानीय सिमलचौरस्थित आफ्नै खेत नजिकै लत्रिएको बिजुलीको तारबाट करेन्ट लागेर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार भण्डारी मङ्गलबार दिउँसो स्थानीय सिमलचौर र चापटारीस्थित खेतमा पानी लगाउन भनी घरबाट निस्किएको र साँझसम्म घर नफर्किएपछि आफन्त र छरछिमेकीले उहाँको खोजी गरेका थिए ।
खोजीकै क्रममा आज बिहान खेत नजिकै लत्रिएको बिजुलीको तारमा परी मृत्यु भएको अवस्थामा उहाँलाई फेला परिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























