बजार
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?
०

चितवन,भदौ ११-
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । मङ्गलबारको तुलनामा नेपाली बजारमा आज सुनको मोल तोलमा तीन सय रुपैयाँले बढेको छ भने चाँदी १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज एक तोला सुनको मूल्य एक लाख ९९ हजार रुपैयाँ निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
हिजो मङ्गलबार एक तोला सुन एक लाख ९८ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ३६० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, आज प्रतिऔंस सुन तीन हजार ३७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























