Breaking News
मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत, नयाँ सरकार नबनेसम्म पुरानै मन्त्रिपरिषद् कायम
०

जनकपुर, कात्तिक २८ –
मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत गर्नुभएको छ ।
प्रदेश प्रमुखको कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री यादवले पेस गर्नुभएको राजीनामा स्वीकृत गरिएको हो ।
त्यसैगरी, संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म वर्तमान मन्त्रिपरिषद्लाई नै कार्यभार सञ्चालन गर्न तोकिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत कृष्ण ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा सो जानकारी दिइएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























