समाचार

आज २०८२ साल भदौ ११ गते बुधबारको राशिफल

Banner

आज २०८२ साल भदौ ११ गते बुधबार। भाद्र शुक्ल पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ अगष्ट २७ तारिख। गणेश चतुर्थी व्रत। राष्ट्रिय धर्मसभा दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेषः दिन सामान्य छ। राजनीतिमा अवरोध सिर्जना हुनेछ। विपक्षी साथी सक्रिय हुँदा अनावश्यक आरोप लाग्नसक्छ। देशभित्र रोजगारीको अवसर प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

वृषः दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। मिहिनेत गरेको ठाउँको मूल्य प्राप्त हुनेछ। आफन्तको साथ र सहयोग प्राप्त हुनेछ। नयाँ व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः दिन सामान्य छ। तपाईंको बोलीका कारण आफन्त टाढा हुनेछन्। सम्पत्तिको पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुनेछ। धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुनेछ। परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ।

कर्कटः दिन राम्रो छ। दोहोरो जिम्मेवारीका कारण समस्या पर्ने जोखिम छ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। पूर्वको यात्रा नगर्नु उचित हुन्छ। जग्गाको कारोबारबाट भने फाइदा हुनेछ।

सिंहः दिन राम्रो छ। आफन्त टाढिने जोखिम छ। शिक्षा र स्वास्थ्यमा नाफा हुनेछ। विपक्षी साथी शान्त रहेकाले काम सहजै बन्नेछ। राजनीतिक नेतृत्वको साथमा महत्त्वपूर्ण काम बन्नेछ।

कन्याः दिन राम्रो छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ योग छ। विदेशमा गरेको लगानीबाट नाफा हुनेछ। व्यापारमा हिम्मत गर्नुपर्ने देखिन्छ।

तुलाः दिन सामान्य छ। आम्दानी भन्दा खर्च बढ्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ। बौद्धिक व्यक्तिसँग सल्लाह लिएर काम गर्नुपर्ने दिन छ। परिवारमा सल्लाह नगरी अगाडि बढ्दा खटपटी बढ्नेछ।

वृश्चिकः दिन राम्रो छ। लगानीका क्षेत्र सबल छन्। कामको बोझले स्वास्थ्यमा समस्या हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक रोजगारीमा नाफा हुनेछ। बौद्धिक व्यक्तिसँगको परामर्शमा काम गर्दा फाइदा हुनेछ।

धनुः दिन राम्रो छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। गुरुको साथ र सहयोग मिल्नेछ। कृषि र फलफूलको व्यापार गरेमा त्यसबाट राम्रो फाइदा हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः दिन राम्रो छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। इज्जत बढ्नेछ। समाजमा मान र प्रतिष्ठा बढ्नेछ। परिवारमा खटपटी बढे पनि परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। यात्रामा समय बर्बाद भएको महसुस हुनेछ। अभिभावकले दिएको आशिर्वादले मात्र तपाईंको दिन सहज बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिक काम सहज बन्नेछ।

मीनः दिन राम्रो छ। परिवारको साथ र सहयोग मिल्नेछ। सोचेको काम बन्नेछ। विज्ञसँगको परामर्शले तपाईंको महत्त्वपूर्ण काम बन्नेछ। बोल्दा तीन पटक सोच्नुपर्ने दिन छ। संकटमा प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>