समाचार

अब राति २ बजेसम्म होटल खोल्न पाइने

०
Banner

मोरङ,कात्तिक २७-

जिल्ला प्रशासन कार्यालय मोरङले रात्रिकालिन होटल व्यवसायलाई मापदण्ड भित्र रहेर राति २ बजेसम्म सञ्चालन गर्नपाउने निर्णय गरेको छ । होटलको वर्गीकरण गरी मापदण्डभित्र रहेर राति २ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

गत कार्तिक १४ गते प्रशासनले साविक १२ बजेसम्म खुलिरहेका होटल, रेष्टुरेन्ट, गजल रेष्टुरेन्ट, स्पालगायतलाई १० बजेसम्म मात्रै सञ्चालन गर्न पाउने व्यवस्था लागू गरेको थियो । स्थानीय प्रशासनको उक्त निर्णयको मोरङका होटल व्यवसायीले विरोध गरेका थिए । उक्त निर्णयसँगै जिल्ला प्रशासन कार्यालय मोरङले रात्रिकालिन होटल व्यवसायका लागि एक महिनाभित्रमा मापदण्ड तयार गर्न सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिले कार्यविधी तयार पारेपछि त्यसमा केहि परिमार्जन गर्दै शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले नयाँ मापदण्ड स्वीकृत गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>