Breaking News
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले नेपालमा खासै असर नगर्ने
०

काठमाडौँ, कात्तिक २७ –
बंगालको खाडीमा विकसित हुँदै गरेको नयाँ न्यूनचापीय प्रणालीले नेपालको मौसममा खासै प्रभाव पार्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले शुक्रबार जारी गरेको सूचनामा हालको मौसम विश्लेषणअनुसार उक्त मौसमी प्रणालीबाट नेपालको मौसममा ठूलो प्रभाव पर्ने सम्भावना नदेखिएको उल्लेख गरेको छ ।
महाशाखाका अनुसार उक्त मौसमी प्रणालीलाई निरन्तर निगरानी गरिरहेको र आवश्यकताअनुसार थप अद्यावधिक सूचना जारी गरिनेछ ।
साथै, महाशाखाले जारी गर्ने पछिल्लो मौसमी सूचना तथा पूर्वानुमान नियमित रूपमा हेर्न सर्वसाधारण तथा सम्बन्धित सरोकारवालालाई अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























