खेलकुद

नेपालले मेलवर्नलाई दियो १४० रनको सामान्य लक्ष्य

Banner

काठमाडौं, भदौ ४-

अस्ट्रेलियाको नर्दन टेरेटोरीमा जारी टप एन्ड टी-२० सिरिजअन्तर्गत आफ्नो पाँचौं खेलमा नेपालले मेलवर्न रेनेगेड्स एकेडेमीलाई १४० रनको सामान्य लक्ष्य दिएको छ।

डार्बिनमा पहिले ब्याटिङ रोजेको नेपालले ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो।

खेलका लागि पाँच खेलाडी परिवर्तन गरेको नेपालका कुशल मल्लले सबैभन्दा बढी २९ रन बनाए। कप्तानको भूमिकामा रहेका दीपेन्द्रसिंह ऐरीले २७ रन र लोकेश बमले २४ रन जोड्न सके।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>