अन्तर्राष्ट्रिय

अफगान आप्रवासी बोकेको बस दुर्घटना: १७ बालबालिका समेत ७३ को मृत्यु

Banner

काबुल, भदौ ४-

अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा भएको भीषण सडक दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ। मृतकमध्ये १७ बालबालिका रहेको तालिबान अधिकारीहरूले पुष्टि गरेका छन्।

तालिबानको हेरात प्रान्तीय सूचना तथा संस्कृति निर्देशक अहमदुल्लाह मत्ताकीका अनुसार इरानबाट निर्वासित गरिएका अफगान आप्रवासी बोकेको बस मंगलबार राति एक ट्रक र मोटरसाइकलसँग ठोक्किँदा आगलागी भएको हो।

बस काबुलतर्फ जाँदै थियो। दुर्घटनामा बसभित्र रहेका सबै यात्रु र अन्य सवारीसाधनका दुई जनाको घटनास्थलमै मृत्यु भएको मत्ताकीले बीबीसी पश्तोलाई बताएका छन्।

हेरात प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद युसुफ सईदीले एएफपीसँग कुरा गर्दै सबै यात्रु इस्लाम काला (इरान–अफगान सीमा नजिक) बाट बसमा चढेका आप्रवासी रहेको जानकारी दिए ।

हेरात प्रहरीले बस चालकको ‘अत्यधिक गति र लापरबाही’का कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको छ। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>