अर्थ
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
०

काठमाडौं,भदौ २-
नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार प्रतितोला २ हजार ३१० रुपैयाँमा रहेको चाँदी सोमबार ५ रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावसँगै नेपालमा पनि सुनचाँदीको मूल्य निरन्तर परिवर्तन हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























