Breaking News
यू-१६ इस्ट जोन कपः इन्डोनेसियाविरुद्ध प्रशिद्ध जैसीले बनाए शतक
०

काठमाडौं,असार १५-
नेपाली युवा खेलाडी प्रसिद्ध जैसीले इन्डोनेसियाविरुद्ध शतक प्रहार गरेका छन्। एसीसी यू–१६ इस्ट जोन प्रतियोगिता अन्तर्गतको जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि प्रसिद्धले शतक बनाएका हुन्। उनले यो समाचार तयार पार्दासम्म १०९ रन बनाएर खेलिरहेका छन्।
इन्डोनेसियाविरुद्ध आक्रामक ब्याटिंग गरेको नेपाल ठुलो लक्ष्य दिनेतर्फ उन्मुख भएको छ। नेपालका लागि परिमार्जन यादव २८ बलमा ७१ रन बनाएर आउट भएका थिए। अहिलेसम्म नेपालले २३ ओभरमा २ विकेट गुमाएर २४० रन बनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























