Breaking News

विश्वकप छनोटअघि नेपालले अस्ट्रेलियामा ट्वान्टी–२० शृंखला खेल्ने

Banner

काठमाडौं,असार १३-

नेपाली राष्ट्रिय क्रिकेट टिमले ट्वान्टी–२० विश्वकपको एसिया छनोटअघि अस्ट्रेलियामा तयारी गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार नेपाली टिमले अस्ट्रेलियामा ट्वान्टी–२० शृंखला खेल्ने जनाएको हो । क्यानका अनुसार, नेपालले अस्ट्रेलियामा कम्तीमा ६ खेल खेल्नेछ । तर, शृंखलाको पूर्ण तालिका भने सार्वजनिक भएको छैन । नेपाली टिमले अगस्ट १४–२४ सम्म यी खेल खेल्ने छ ।

“टप इन्ड शृंखलाले नेपाली खेलाडीलाई बलियो प्रतिद्वन्दीविरुद्ध अस्ट्रेलियाको वातावरणमा खेल्ने अवसर प्रदान गर्नेछ,” क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि नेपाली टिमले केही साताअघि मात्रै स्कटल्यान्डमा त्रिदेशीय ट्वान्टी–२० शृंखला खेलेको थियो । त्यहाँ नेपाली टिमले घरेलु टिम स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>