माैसम
ललितपुरमा सावधानी अपनाउन आग्रह
०

काठमाडौँ,असार ११-
ललितपुरको टीकाथली आसपास क्षेत्रमा भीषण वर्षा भएको छ । जल तथा मौसम विभागका अनुसार टीकाथली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना छ ।
विभागले आज सूचना जारी गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । ललितपुर भई बहने गोदावरी खोलालगायत सो क्षेत्रका स–साना खोलाहरुमा बहाव बढ्नसक्ने भएकाले नदी तटीय क्षेत्रमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेलाई सावधानी अपनाउन विभागले आग्रह गरेको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























