देश/प्रदेश
पहाडी तथा हिमाली क्षेत्रमा बदली र वर्षाको सम्भावना, तराईमा भने मौसम मुख्यतया सफा रहने
०

काठमाडौँ,कात्तिक २६-
देशका हिमाली तथा पहाडी भू–भागमा आज आंशिक बदली हुने भएको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।
त्यस्तै, राति पनि देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ । तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
रातिको समयमा गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
यसैगरी, बिहानपख तराईका भू–भाग, उपत्यका तथा खोँचहरूका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























