Breaking News

चितवनको घोप्टेभिरमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध, दुईतर्फी सवारी आवागमन बन्द

०
Banner

चितवन, कार्तिक २३–

चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
आज (सोमबार) बिहान करिब ५ बजेको समयमा सडक माथिबाट सुख्खा पहिरो खस्दा घोप्टेभिरस्थित पृथ्वी राजमार्गमा दुईतर्फी नै सवारी आवागमन बन्द भएको हो ।

पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएपछि दुवैतर्फ सवारीसाधन रोकिएका छन् । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने काम भइरहेको चितवन प्रहरीले जनाइएको छ ।

सडक अवरुद्ध भएपछि उक्त मार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई वैकल्पिक व्यवस्था र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>