खेलकुद

विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

०
Banner

काठमाडौँ, कात्तिक २१-

आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि काठमाडौंको कीर्तिपुर र मूलपानी मैदानमा हुनेछन् ।

जसको खेलतालिका सार्वजनिक भएको छ।

सार्वजनिक गरेको तालिकाअनुसार घरेलु टोली नेपालले इटलीसँग डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गते खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।

नेपालले आफ्नो दोस्रो खेल मंसिर २० मा युगाण्डासँग खेल्नेछ । त्यसपछि नेपालले मंसिर २४ मा युएई, २६ मा जर्सी र २८ गते क्यानडासँग खेल्नेछ । त्यस्तै, नेपालले पुस ३ मा नामिबिया र ६ मा कुवेतसँग खेल्ने तालिका छ ।

यो प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता रहनेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को पुछारमा रहेका नेपाल, नामिबिया, क्यानडा र युएईसँगै च्यालेन्ज लिगबाट छनोट भएका इटाली, कुवेत, युगान्डा र जर्सीले प्रतिस्पर्धा गर्नेछन् ।

अङ्क तालिकाको शीर्ष चारमा रहने टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप ग्लोबल क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गर्नेछन् । लिग–२ को शीर्ष चारमा रहेका अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमान भने सिधै ग्लोबल क्वालिफायरमा प्रवेश गरेका छन् ।

नेपालले खेल्ने सबै खेल कीर्तिपुरमा हुनेछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>