क्रिकेट
१२ वर्षपछि नेपालले स्कटल्याण्डसँग टी-२० खेल्दै
०

काठमाडौं,असार ३-
नेपालले त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत घरेलु टोली स्कटल्याण्डसँग खेल्खैछ। यो खेल नेपाली समय अनुसार साँझ पौने ८ बजेदेखि शुरु हुनेछ। सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्डसलाई पराजित गरेर विजयी शुरुवात गरेको छ भने नेपाल नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भएको छ।
नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म एक टी–२० (२०१३) मा खेलिएको थियो जहाँ स्कटल्याण्ड विजयी भएको थियो। आईसीसीको टी–२० वरियतामा नेपाल १८औं स्थानमा छ भने नेदरल्याण्ड्स १३औं स्थानमा रहेको छ। २० जुनसम्म हुने यो त्रिकोणात्मक सिरिजमा बुधबार स्कटल्याण्ड र नेदरल्याण्डस, बिहिबार नेपाल र नेदरल्याण्डस तथा शुक्रबार नेपाल र स्कटल्याण्ड खेल्ने तालिका रहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























