समाचार
पत्रकार दिलभूषण पाठकलाई धरपकड नगर्न उच्च अदालतको आदेश
०

काठमाडौँ,असार २-
उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई धरपकड नगर्न आदेश दिएको छ । न्यायाधीश ऋषि भण्डारीको एकल इजलासले सोमबार पाठकको निषेधाज्ञा निवेदनमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
पाठकको निषेधाज्ञा निवेदनमाथि अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । उच्च अदालत पाटनकी सूचना अधिकारी पार्वती हितानका अनुसार कानुनबमोजिम गर्नू र धरपकड नगर्न आदेश भएको हो । साथै असार ५ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ ।
प्रहरीको साइबर ब्युरोले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि पत्रकार पाठकले उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन दिएका थिए । जयवीरसिंह देउवाले दिएको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले पाठकविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























