घटना -दुर्घटना

धादिङमा स्कुटर र मोटरसाइकललाई ठक्कर दिएर ट्रकमा ठोक्कियो गाडी

Banner

काठमाडौं, असार १-

धादिङमा एउटा गाडीले स्कुटर र मोटरसाइकललाई ठक्कर दिएर रोकिराखेको ट्रकमा ठोक्किएको छ।

आइतबार दिउँसो २ बजेतिर गजुरी गाउँपालिका-६ जहरेखेतस्थित पृथ्वी लोकमार्गमा काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको गाडी अरू तीन वटा गाडीसँग ठोक्किएको हो।

दुर्घटना हुँदा तीन जना घाइते समेत भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिए।

उनका अनुसार ग १ क ६१६१ नं.को गाडी काठमाडौंबाट गजुरीतर्फ जाँदै थियो।

विपरीत दिशाबाट आइरहेको बा.प्र. ०२-०४१ प ५१३२ नं.को स्‍कुटर र बा ७२ प ८१६१ नं.को मोटरसाइकललाई सुरूमा ठक्कर दिएको हो।

दुई वटा दुई पांग्रे सवारीलाई ठक्कर दिएर अनियन्त्रित भएको गाडीले पार्किङमा राखेको ना ६ ख ६००१ नं. को ट्रकमा गएर ठोक्किएको हो।

यसरी दुर्घटना भएपछि प्रहरीको टोली पुगेको थियो।

दुर्घटनामा स्कुटर चालक काठमाडौं दक्षिणकालीका ४० वर्षीय विकास केसी, गाडीका चालक गोरखा बस्ने ३३ वर्षीय कुमार नेपाली र मोटरसाइकल चालक धादिङ रूबिभ्याली-४ बस्ने ४२ वर्षीय गोपाल तामाङ घाइते छन्।

उनीहरूको उपचारको लागि आदमघाट अस्पताल लगिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>