घटना -दुर्घटना

भिरमा घाँस काट्ने क्रममा लडेर किशोरीको मृत्यु

Banner

काठमाडौँ, जेठ ३१-

बझाङको छविसपाथिभेरा गाउँपालिका-७ की १४ वर्षीया करिना बोहराको भारतीय भिरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ।

आमा पटुदेवीसँगै भारतको केदारनाथ गएकी उनी घाँस काट्ने क्रममा भिरबाट लडेकी थिइन्।

शुक्रबार बिहानतिर घाँस काट्ने क्रममा उनी केदारनाथको भिरबाट खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी खोरीको सूर्यादय माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्थिन्। करिनाको अन्तिम संस्कार केदारनाथमै गरिइएको छ।

फाइल तस्बिर

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>