घटना -दुर्घटना

थापाथली चोकमा ड्युटीमा रहेकी महिला ट्राफिक प्रहरीलाई टेम्पोले दियो ठक्कर

Banner

काठमाडौं, जेठ २९-

काठमाडौंको थापाथली चोकमा ड्युटीमा खटिएकी ट्राफिक प्रहरी जवानलाई टेम्पोले ठक्कर दिएको छ।

बिहीबार बिहान ९:४० बजे थापाथली चोकमा ड्युटीमा रहेकी ट्राफिक प्रहरी जवान वर्षा शाहलाई टेम्पोले ठक्कर दिएको हो।

बा १ घ ४१८८ नम्बरको टेम्पोको ठक्करबाट घाइते भएकी प्रहरी जवान शाहलाई उपचारको लागि नर्भिक अस्पताल लगिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिए।

उनका अनुसार प्रहरी जवान शाहको बाहिरी चोट देखिएको छैन।

‘बाहिरी चोट केही देखिएको छैन। भित्री चोट छ कि भनेर उपचार भइरहेको छ,’ उनले भने।

टेम्पो त्रिपुरेश्वरबाट ललितपुरतर्फ जाने क्रममा दुर्घटनामा परेको हो।

प्रहरीले टेम्पो र चालक नम्फा लामालाई नियन्त्रणमा लिएको छ। चालक र टेम्पो ट्राफिक प्रहरी प्रभाग थापाथलीमा छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>