समाचार

विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म लैजाऔँः सभामुख

Banner

काठमाडौं, जेठ २८-

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुराउन सके प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न सकिने बताएका छन् ।

हिकारु गौतम फाउण्डेशनले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले हरेक वर्ष प्राकृतिक प्रकोपबाट नेपालमा ठूलो धनजनको क्षति हुने गरेको भन्दै विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुराउन सके क्षति न्यूनीकरण गर्न सकिने बताएका हुन् । उनले अहिले नेपालले जलवायु परिवर्तनको असर गम्भीर रूपमा भोग्नुपरेको उल्लेख गरे ।

सभामुख घिमिरेले विपद् न्यूनीकरणका लागि सरकारले गरेको प्रयत्नले मात्रै नपुग्ने भन्दै यसमा सबैबीच सहकार्य आवश्यक रहेको जिकिर गरे ।

सिमलतालमा डुबेका बसहरू र गृहमन्त्री भइसकेका माधव घिमिरेसहितको जिप डुवेको घटना अझै पत्ता लाग्न नसक्ने खालका अप्ठेरो प्राकृतिक विपद भोग्नु परेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>