समाचार

मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

Banner

काठमाडौं,जेठ २६-

आज (जेठ २६, सोमबार) देशभर विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार,

आज दिउँसोः कोसी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोसी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना छ।

आज रातिः कोसी प्रदेशलगायत देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी ठाउँमा मुख्यतया सफा रहनेछ। कोसी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना छ।

हाल देशका पश्चिम र मध्य क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ भने कोसी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायुको प्रभाव छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>