देश/प्रदेश
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५५७ जनालाई कारबाही
०

काठमाडौं ,कात्तिक २९-
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५५७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७२, सिसिटिभिमार्फत २७, रातोबत्तीमा ५३ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा १६६, हर्न निषेधमा १२, अवस्था ठिक नभएको १२ जना एकतर्फि २ जना र अन्यमा २१४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























