बजार

फेरि उकालो लाग्यो सुनको मूल्य

Banner

काठमाडौं,जेठ २२-

सुनको मूल्य फेरि उकालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

बुधबारको तुलनामा बिहीबार सुन तोलामा ५ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार एक औँस सुनको मूल्य ३ हजार ३८९ डलर कायम भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>