समाचार

आज पनि देशभर विभिन्न स्थानमा वर्षा, यी प्रदेशमा बढी सम्भावना

Banner

चितवन,जेठ २२-

देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने क्रम जारी छ। यसै क्रममा आज (जेठ २२, बिहीबार) पनि सातै प्रदेशमा पानी पर्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाले बिहान जारी गरेको संक्षिप्त बुलेटिनअनुसार,

आज दिउँसोः कोसी प्रदेशका केही स्थान, देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। अनि देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षार हिमपात हुने सम्भावना छ।

आज रातिः कोसी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षार हिमपात हुने सम्भावना छ।

हाल देशका पश्चिम र मध्य क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ भने कोसी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायुको प्रभाव छ। मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>