विजनेश

आज पनि बढ्यो सुनको मूल्य

Banner

काठमाडौँ, जेठ २१-

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा पुनःवृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले बढी हो। योसँगै आज सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँ पुगेको छ।
मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँ कायम भएको छ, जुन हिजोको तुलनामा ३० रुपैयाँले बढी हो। मंगलबार चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ रुपैयाँ थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>