देश/प्रदेश

९ केजी गाँजा र ५३ ग्राम चरेससहित महिला पक्राउ

Banner

दाङ,जेठ १९-

दाङको घोराहीबाट नौ केजी गाँजा र ५३ ग्राम चरेससहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

रोल्पाको थवाङ गाउँपालिका–१ थवाङ घर भई हाल दाङको घोराही उपमहानगरपालिका–१४ मिलन चोकमा बस्दै आएकी ६३ वर्षीया

मायादेवी विक उक्त परिमाणमा गाँजा र चरेससहित आइतबार दिउँसो परेकी हुन्।

विकले लागुऔषधको अवैध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराही दाङबाट प्रहरी अनुसन्धानका लागि खटिएको थियो।

प्रहरी टोलीले विक बस्ने कोठामा खानतलासी गर्दा विभिन्न तीन वस्तुमा लुकाइछिपाइ राखेको कुल ९ केजी ८२० ग्राम गाँजा र ५३ ग्राम चरेस बरामद भएको प्रहरीले जानकारी दिएको छ। रासस

गाउँपालिका–१ थवाङ घर भई हाल दाङको घोराही उपमहानगरपालिका–१४ मिलन चोकमा बस्दै आएकी ६३ वर्षीया मायादेवी विक उक्त परिमाणमा गाँजा र चरेससहित आइतबार दिउँसो परेकी हुन्।

प्रहरी टोलीले विक बस्ने कोठामा खानतलासी गर्दा विभिन्न तीन वस्तुमा लुकाइछिपाइ राखेको कुल ९ केजी ८२० ग्राम गाँजा र ५३ ग्राम चरेस बरामद भएको प्रहरीले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>