आर्थिक

प्राण प्रतिष्ठाबाट चार करोड बढी सङ्कलन

Banner

काठमाडौँ, जेठ १८-

नारायण पोखरेल प्रतिष्ठानले काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण गरेको बद्रीनारायण धामको प्राणप्रतिष्ठाबाट रु चार करोड चार लाख ४२ हजार ३४१ नगद सङ्कलन भएको छ ।

प्रतिष्ठानको आयोजनामा गत वैशाख १९ देखि २७ गतेसम्म सञ्चालन भएको प्राण प्रतिष्ठामा दान, कलश बिक्री, दान पेटिकालगायतबाट उक्त रकम सङ्कलन भएको बद्रीनारायण प्राण प्रतिष्ठा मूल समारोह समितिका कोषाध्यक्ष भीमसेन पोखरेलले जानकारी दिनुभयो । मूल समारोह समितिले आयोजना गरेको आयव्यय सार्वजनिक समारोहमा कोषाध्यक्ष पोखरेलले दान रसिदबाट रु तीन करोड ८० लाख पाँच हजार, दान पेटिकाबाट रु १४ लाख ३७ हजार र मातृशक्तिबाट रु १० लाख आम्दानी भएको बताउनुभयो । यस्तै उक्त प्राण प्रतिष्ठामा विभिन्न शीर्षकमा रु एक करोड चार लाख ४५ हजार ४६१ खर्च भएको जनाइएको छ ।

कार्यक्रममा नारायण पोखरेल प्रतिष्ठानका प्रमुख संरक्षक दिनबन्धु पोखरेलले चार धाममध्ये एक धाम नेपालमा छ भन्ने सन्देश दिन बद्रीनारायण धाम निर्माण गरिएको बताउनुभयो । बद्रीनारायण प्राणप्रतिष्ठा मूल समारोह समितिका संयोजक जयराम लामिछानेले नागार्जुन नगरपालिकालाई चिनाउनका लागि धामले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उक्त धाममा बद्रीनारायण मन्दिरका साथै प्रशासनिक भवन, नारायण पोखरेल प्रतिष्ठानको कार्यालय, योग ध्यान केन्द्र, हवन कुण्ड, गणेश, सूर्य, देवी र शिवसहितको पाञ्चायन मन्दिर बन्ने छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>