आर्थिक

आज तोलामा १५ सय घट्यो सुन

Banner

काठमाडौं, जेठ १५-

बिहीबार सुनको भाउ तोलामा १५ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८९ हजार ३ सय रुपैयाँ थियो ।

उच्च मूल्यबाट भने सुनको भाउ तोलामा १० हजार १ सय रुपैयाँ घटिसकेको छ । वैशाख ९ गते सुनको भाउ प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ थियो ।

चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ५ रुपैयाँ रहेको चाँदी आज आज १ हजार ९९५ रुपैयाँ कायम भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>