आगलागी/क्षति

लमजुङमा आगलागी, महिलाको मृत्यु

Banner

लमजुङ, जेठ १४-

सुन्दर बजार नगरपालिका–९ बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको जलेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको हो । आज बिहान करिब ३ः३० बजे आगलागी भएपछि र प्रहरी र स्थानीयले उहाँ बस्नु भएको कोठाको ढोका फोरेर उद्धार गरेका थिए । जलेर गम्भीर घाइते हुनुभएकी उहाँको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>