आगलागी/क्षति

गोठाटारको काठ गोदाममा लागेको आगो नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी

Banner

काठमाडौं , साउन १७ –

काठमाडौं महानगरपालिका–३२ गोठाटारस्थित एक काठ गोदाममा शनिबार राति लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ।

शनिबार राति करिब साढे ९ बजे अचानक आगलागी भएपछि दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दाको सक्रिय प्रयासमा आगो नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मी र दमकल घटनास्थलमा परिचालन गरिएको थियो।

आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। साथै, आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलन भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area