समाचार
रोशनी शाही मृत फेला
०

काठमाडौं, जेठ ११-
पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कार आरोप लगाएर जेल यात्रा गराएकी रोशनी शाही मृत फेला परेकी छिन् । उनी आइतबार अपरान्ह भक्तपुरस्थित बालकोटमा मृत फेला परेकी हुन् ।
उनको शव नजिकै एउटा पत्र समेत फेला परेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार शाहीको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । फेला परेको पत्र शाही आफैंले लेखेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको छ । महरा बहालवाला सभामुख रहेकै बेलामा शाहीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोप लागेको थियो । महराविरुद्ध उजुरी परेपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा चलेको थियो ।
महरा पुर्पक्षका लागि कारागार चलान भई पाँच महिनापछि उच्च अदालतको आदेशमा रिहा भएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























