अर्थ वार्ता
सुनको भाउ तोलामा १४ सय बढ्यो, आज कतिमा हुँदै छ कारेबार ?
०

काठमाडौं, जेठ ११-
अघिल्लो दिन (जेठ ९ गते शुक्रबार) को तुलनामा आज (जेठ ११ गते आइतबार) सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको हो।
यसअघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ९० हजार ४ सय रुपैयाँ थियो। हिजो शनिबार भने सुनचाँदीको भाउ तोकिएन। चाँदीको भाउ भने अघिल्लो दिन ९शुक्रबार० कै कायम भएको छ। अर्थात् आज पनि चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























