अर्थ वार्ता
सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट
०

काठमाडौँ, जेठ ६-
स्थानीय बजारमा विगत तीन दिनदेखि सुनको मूल्य स्थिर छ । चाँदीमा पनि सामान्य घटीबढी भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु एक हजार ९४० मा कारोबार भइरहेको छ । सोमबार एकतोला चाँदी रु एक हजार ९४५ मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार दुई सय २८ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























