अपराध

अछाममा बुहारीमाथि बलात्कार गरेको आरोपमा ससुरा पक्राउ

Banner

दाङ, जेठ ४-

अछाममा बुहारीमाथि बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन्।

बुहारीको जाहेरीपछि ससुरा नाता पर्ने व्यक्ति पक्राउ परेका हुन्।

जिल्लाको चोरपाटी गाउँपालिका वडा नम्बर १ मा पीडितको जाहेरीपछि शनिबार ससुरा पक्राउ परेको प्रहरीले बताएको छ।

बुहारीले जेठ २ गते ससुरा नाता पर्ने व्यक्ति विरुद्ध किटानी जाहेरी दिएकी थिइन्।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार आरोपित ससुराले पीडित बुहारीलाई पछिल्लो समय वैशाख २८ गते बिहान साढे ११ बजेतिर डर धम्की देखाएर कुटपिट गरी उनकै घरको कोठामा बलात्कार गरेका थिए।

विगत एक वर्षदेखि ससुरा नाता पर्ने ती व्यक्तिले बुहारीमाथि डर धम्की देखाएर बलात्कार गर्दै आएको कुरा पीडितले जाहेरीमा उल्लेख गरेकी छन्। आरोपित ससुरालाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइ रहेको डिएसपी भण्डारीले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>