अपराध

सुनसरीमा स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

Banner

काठमाडौं,चैत २८ –

सुनसरीको कोशी गाउँपालिका-८ भन्टावारिबाट स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ परेका छन् ।

प्रहरीले शुक्रबार बिहान ६ लाख ४८ हजार ७१० नेपाली रुपैयाँ र १२ हजार ९५० भारतीय रुपैयाँ सहित २ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा तिलाठी कोईलाडी गाउँपालिका९५ बस्ने ५८ वर्षीय राम लखन यादव र भारत सुपौल छिटही हनुमान नगर९१५ बस्ने ६५ वर्षीय प्रभु मुखिया रहेका छन् ।

इलाका प्रहरी कार्यालय भन्टावारिबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को।२१ प १४९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>