राजनीति

तिहार, नेपाल संवत् र छठले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउनेछ : रवि लामिछाने

०
Banner

काठमाडौँ, कात्तिक २४-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हाम्रा चाडपर्वले परिवार, समाज र समुदायबीचको प्रेम तथा सद्भाव, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा सबैलाई शुभकामना दिनुहुँदै सभापति लामिछानेले विविधताबीचको राष्ट्रिय एकतालाई हाम्रो पहिचान र संस्कृतिसँग जोडिएका महत्वपूर्ण चाडपर्वहरूले अझ बलियो र सुमधुर बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको हो ।

उहाँले “उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा आस्था, श्रद्धा र समर्पणको पर्व छठले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गरोस्” भन्ने कामना पनि गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>