राजनीति

प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमण ऐतिहासिक उपलब्धिः भारतीय नेता जौली

०
Banner

काठमाडौं, मंसिर १० –

भारतीय वरिष्ठ नेता एवं दिल्ली स्टडी ग्रुपका अध्यक्ष डा. विजय जौलीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो औपचारिक भारत भ्रमणलाई ऐतिहासिक र महत्वपूर्ण उपलब्धि बताएका छन् ।

नोभेम्बर २२ देखि २३ सम्म भएको प्रधानमन्त्री शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने उनको भनाइ छ ।

डा। जौलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासका लागि घोषणा गरेको १५ हजार करोड भारतीय रुपैयाँ ९करिब २४ हजार करोड नेपाली रुपैयाँ० बराबरको विकास सहायता प्याकेजलाई भारतको ‘छिमेकी पहिलो’ नीतिप्रतिको प्रतिबद्धताको उदाहरणका रूपमा व्याख्या गरेका छन् ।

उक्त प्याकेजमा विपद् पुनर्निर्माण तथा विकासका लागि ३ हजार ५०० करोड भारतीय रुपैयाँ अनुदान र ऊर्जा क्षेत्रको विकासका लागि ११ हजार ५०० करोड भारतीय रुपैयाँ बराबरको ऋण सुविधा समावेश रहेको उनले बताएका छन् ।

उनले भारत र नेपालबीच आठवटा समझदारीपत्रमा हस्ताक्षर भएको विषयको पनि स्वागत गरेका छन् । सुरक्षा, फरेन्सिक विज्ञान, सुशासन, आयुर्वेद, भूउपग्रह सञ्चार, स्वास्थ्य, सहरी विकास, पशुपालन तथा मत्स्यपालनलगायतका क्षेत्रमा भएका समझदारीले दुई देशबीच संस्थागत सहकार्य र प्राविधिक विकासलाई थप विस्तार गर्ने उनको विश्वास छ ।

डा। जौलीका अनुसार यी समझदारीले रोजगारी सिर्जनाका नयाँ अवसरसमेत उपलब्ध गराउनेछन् । दुई देशबीचको सहकार्यलाई विभिन्न क्षेत्रमा विस्तार गर्न भ्रमण महत्वपूर्ण रहेको उनले उल्लेख गरेका छन् ।

त्यस्तै, नेपालको चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने योजना, सीमापार सम्पर्क विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी पहलको पनि उनले स्वागत गरेका छन् । अयोध्या र जनकपुरलाई जोड्ने सरयू–कमला एक्सप्रेस रेल सेवाको प्रस्तावले धार्मिक पर्यटन र सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्ने उनको भनाइ छ ।

डा. जौलीले भारत र नेपालबीच सदियौँ पुरानो सभ्यतागत, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध रहेको उल्लेख गर्दै परम्परागत ‘रोटी–बेटी’ सम्बन्ध र खुला सीमालाई दुई देशबीचको मित्रताको बलियो आधारका रूपमा व्याख्या गरेका छन् ।

उनले भनेका छन्, ‘भारत र नेपालबीच सदियौँ पुरानो सभ्यतागत, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध छ। परम्परागत रोटी–बेटीको सम्बन्ध र खुला सीमा हाम्रो मित्रताको बलियो आधारशिला हुन्। प्रधानमन्त्री बालेन्द्र शाहको यो भ्रमण र ऐतिहासिक समझदारीले दुई देशबीचको आपसी विश्वास, सद्भाव, मित्रता, समृद्धि र समझदारीलाई अझ सुदृढ बनाउनेछ।’

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा भारत–नेपाल सम्बन्धले सहकार्य, विकास र दीर्घकालीन मित्रताको नयाँ अध्याय लेख्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>